TodayPati

मोटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते

टुडेपाटी–
काठमाडौं, चैत १४ गते ।

मोटरसाइकल दुर्घटना हुँदा ललितपुरको महांकालमा श्रीमान–श्रीमतीको मृत्यु भएको छ।

मंगलबार बिहान करिब पौने ११ बजे महांकाल गाउँपालिका १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए।

Sponsored

बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको डिएसपी साहले बताए।

दुर्घटनामा बागमती गाउँपालिका ७ घर भई महांकाल १ बुखेल बस्ने ३५ वर्षीय विष्‍णुप्रसाद फुँयाल र उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको हो।

यस्तै, उक्त मोटरसाइकलमा सवार उनीहरूकी ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी छन्।

Sponsored

उनको पाटन अस्पतालमा उपचार भइरहेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *