TodayPati

मधेश प्रदेश : मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटनामा, दुईजना घाइते

टुडेपाटी–
जनकपुरधाम, चैत ८ गते ।

सप्तरीमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

गएराति करिब साढे ९ बजेको समयमा महादेवा गाउँपालिका १ चिम्टि स्थित हुलाकी मार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

दुर्घटनामा परेर मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका ८ मझव बस्ने १८ वर्षीय रोशन कुमार चौधरी र मोटरसाइकलको पछाडि सवार सप्तरीको सुरुङगा नगरपालिका २ बौना टोल बस्ने २० वर्षीय राज किशोर सदा घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार दुबै युवकले मदिरा सेवन गरेर मोटरसाइकल चलाइरहेका थिए ।

घाइते भएका दुबैजनाको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *