मधेश प्रदेश : मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
टुडेपाटी–
जनकपुरधाम, चैत ६ गते ।
सप्तरीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
आइतबार साँझ सप्तरीको खडक नगरपालिका ८ भदिया स्थित बिसनपुर बोदेबर्साईन सडक खण्डमा स १० प ३५२४ नम्बरको मोटरसाइकलले साईकललाई पछाडीबाट ठक्कर दिदा साईकल यात्री वडा नं. ८ खेस्राहा बस्ने ५५ वर्षीय मो. ईब्राहिम मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा घाइते भएका मियाँको उपचारका लागि बिराटनगर तर्फ पठाइएकोमा राति करिब पौने १० बजे बाटोमै मृत्यु भएको प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस्तै, मोटरसाइकल चालक सोही नगरपालिका ७ कल्याणपुर बस्ने १९ वर्षीय अफ्रोज मियाँ र पछाडि सवार २० वर्षीय मो. सनाबुलको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored