स्कुल भ्यानको ठक्करबाट धनुषामा तीन वर्षीय बालकको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, चैत २ गते ।
धनुषामा स्कुल भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
जिल्लाको सबैला नगरपालिका –१२ रघुनाथपुरमा सञ्चालित इन्टरनेशनल बोर्डिङ स्कुल भ्यानको ठक्करबाट सबैला–१३ किरतपुरका अनिल यादवको तीन वर्षीय छोरा अभिराज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार बिहीबार बिहान १० बजे विद्यार्थी लिन गइरहेको अवस्थामा प्रदेश–२–०२–००१ च ००८४ नम्बरको स्कुल भ्यानले रघुनाथपुर चोकमा ती बालकलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।
बालकलाई ठक्कर दिने स्कुल भ्यान प्रहरी नियन्त्रणमा छ भने बालकको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
Sponsored