सप्तरीमा जबरजस्ती करणी मुद्दामा एकजना कारागार चलान
शुभ नारायण यादव-
सप्तरी, चैत १ गते ।
सप्तरीमा जबरजस्ती करणी मुद्दामा एक जनाले धराेटी रकम नबुझाउदा कारागार चलान भएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.७ बस्ने ५८ बर्षिया एकल महिलालाई जबरजस्ती करणी गरेको आराेपमा साेही ठाउँका ५५ बर्षिय राम चलितर भनिने लक्ष्मण पासवानलाई करागार चलान गरिएको हाे ।
पासवानले ती एकल महिलालाई गाउँदेखि ५ सय मिटर पश्चिम आफ्नो खेतमा ताेरी उखेलिरहेकाे अवस्थामा करणी गरेका थिए ।
करणी मुद्दामा पक्राउ परेका पासवानलाई जिल्ला अदालत राजविराजले ५ लाख धराेटी माग गर्दा नदिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता नरेश कुमार सिहले जानकारी दिए ।
Sponsored