TodayPati

डीडीसीले लिटरमै ११ रुपैयाँले बढायो दूधको मूल्य

टुडेपाटी–
काठमाडौं, चैत १ गते ।

सरकारको स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ ।

बिहिबारदेखि लागू हुनेगरि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले बताए ।

Sponsored

अब डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरिएको झाले बताए ।

यस्तै, सरकारले यस अघि वृद्धि गरेको दूधको किसान मूल्य पनि बुधबार १ चैतदेखि लागू गर्ने निर्णय गरिएको उनले बताए ।

महाप्रवन्धक झाका अनुसार दही, पनिर लगायतका दुग्ध पदार्थको मूल्य भने केही दिनमा तय गरिने छ ।

Sponsored

गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *