सप्तरीमा विद्युत चुहावट गर्ने पाँच जना पक्राउ
शुभ नारायण यादव-
सप्तरी, फागुन २८ गते ।
सप्तरीमा अनाधिकृत रुपले विद्युत उपयोग गरिरहेका पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सप्तरी राजबिराज नगरपालिका वडा न. १३ भेल्ही निवासी वर्ष ४५ का बिष्णु यादव, राजबिराज नगरपालिका वडा न.१३ भेल्ही बस्ने वर्ष २५ का देव कुमार यादव, सोही ठाउका बर्ष ५० का रामपृत यादव, राजबिराज नगरपालिका वडा न. ११ फर्सैट बस्ने वर्ष ५० का जपेलाल यादव र तिलाठी कोईलाडि गाउपालिका २ लौनिया बस्ने वर्ष ५५ का महेन्द्र खंग खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल बिधुत प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले उनीहरुलाइ नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुलाई विघुत चुहावट ऐन अन्तरगत कार्वाही स्वरुप जरिवाना लिइ छाडने नेपाल विघुत प्राधिकरण शाखा राजविराजले जनाएको छ ।