TodayPati

जानकी हेल्थकेयरद्वारा वृक्षारोपन, रक्तदान र सरसफाइ कार्यक्रम सम्पन्न

टुडेपाटी-
जनकपुरधाम, फागुन २७ गते ।

जनकपुरधाम स्थित जानकी हेल्थकेयर एण्ड टिचिंग हस्पिटलले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा शनिबार वृक्षारोपन, रक्तदान तथा सरसफाई कार्यक्रम गरेको छ । सप्ताहव्यापी रुपमा जानकी हेल्थकेयरले मनाउन लागेको वार्षिकोत्सवको पहिलो दिन पापमोचनी पोखरीको पश्चिमी डिलमा वृक्षा रोपन गरेको हो ।

शनिबार बिहान धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालको प्रमुख आतिथ्यमा विभिन्न प्रजातीका २५ वटा विरुवा रोपिएको छ । बरिष्ठ पत्रकार उपेन्द्र भगत नागवंशीले उपलब्ध गराएको विरुवा रोपन कार्यक्रममा वन अधिकृत समेत रहेका पर्यावरण अभियन्ता सुरेश शर्मा, दीपक ठाकुर, डा. राजिव झा लगायत अस्पतालको चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको सहभागिता थियो ।

Sponsored

यस्तै बजरंगचोकदेखि वृहत्तर क्षेत्र विकास परिषदसम्मको सडकमा सरसफाई गरिएको अस्पतालका व्यवस्थापन प्रमुख हरिश्चन्द्र यादवले जानकारी दिए । यस्तै जानकी हेल्थकेयरमा भएको रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका छन् ।

दिउँसो भने जानकी हेल्थकेयरमा एक दिने निःशुल्क ओपीडी सेवा समेत बिरामीहरुलाई प्रदान गरेको व्यवस्थापक प्रमुख यादवले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *