धनुषाबाट ९ लाख बरबारको अवैध मालसमान बरामद
टुडेपाटी-
जनकपुरधाम, फागुन २६ गते ।
धनुषाबाट नौ लाख रुपैयाँ बराबरको भन्सार छलिका अवैध मालसमान बरामद गरेको छ ।
जिल्लाका विभिन्न स्थानहरूमा भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याएका लत्ताकपडा लगायत ९ लाख १२ हजार ५४० रुपैयाँ बराबरको समान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बरामद गरिका मालसमान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको छ ।