TodayPati

यस वर्षको महामूर्ख बने जनकपुरधामका मेयर मनोज साह

टुडेपाटी-
जनकपुरधाम, फागुन २३ गते ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह यसवर्षको महामुर्ख बनेका छन् । जनकपुरधाम स्थित मिथिला नाट्यकला परिषद (मिनाप)ले यसवर्ष मेयर साहलाई महामुर्खको उपाधि प्रदान गरेको हो ।
होली पर्वको अवसरमा मंगलबार जानकी मन्दिर प्रांगणमा आयोजन गरेको म महामुर्ख सम्मेलनमा उनलाई महामुर्ख बनाइएको हो ।
मेयर साहसहित अन्य १३ जनालाई मुर्खका विभिन्न उपाधिहरु प्रदान गरिएको हो ।
यसवर्ष सञ्चारकर्मी ऋषि धमलालाई पटमुर्ख, सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, महोत्तरीको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, तमलोपा नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाल कर्णलाई खबसुरता, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय झालाई लोढाशंकर, व्यवसायी बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, इन्जिनियर रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्री किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख र मोनाष्टिक माध्यमिक विद्यालयका निर्देशक डा. सोनुकुमार साहलाई बज्रकिट लगायतको हास्यास्पद उपाधी प्रदान गरिएको छ।

महामूर्खको उपाधी पाएपछि नगरप्रमुख साहको अनुहारमा अनौठो मुस्कान देखिएको थियो । उनलाई प्रशस्ती पत्र, लाटोकोसेरोको मुकुट, मालाले सुशोभित गरी सम्मान गरिएको छ ।

Sponsored

सो सम्मेलनमा सहभागी कविहरुले आ–आफ्नो कविताको माध्यमले विभिन्न विषयवस्तुमाथि कटाक्ष समेत गरेका थिए ।
मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले मिनापले १९ वर्षदेखि प्रत्येक वर्ष होली पर्वको अवसरमा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ । जनकपुरधाममा मिनापले प्रत्येक वर्ष मनाउने होरी महोत्सव र महामूर्ख सम्मेलन यहाँको प्रमुख आकर्षणमध्येको एक हो ।

मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप भइरहेकोले त्यसको संरक्षण गर्न मिनापदे होरी महोत्सव र महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *