TodayPati

मधेश प्रदेश : नक्कली नेपाली नोट र पेपर बरामद

टुडेपाटी–
जनकपुरधाम, फागुन २१ गते ।

प्रहरीले नक्कली नेपाली रुपैयाँ र रुपैयाँ साईजको सादा पेपर बरामद गरेको छ ।

शनिबार सर्लाहीको बाग्मती नगरपालिका ३ धरहरा स्थित मुर्तिया साझेदारी वन परियोजनाको भिक्सघारी जंगलमा बोरा भित्र पत्रिकामा टेपले बेरिएको दुईवटा पोकाबाट नेपाली १ हजारको दरको १५ वटा नोट र नोट साईजको पेपर ४७ बन्डल बेबारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *