धनुषामा भन्सार छली गरेर ल्याएको ४ लाखभन्दा बढीको सामान नियन्त्रणमा
टुडेपाटी–
जनकपुरधाम, फागुन २० गते ।
धनुषा प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याएको ४ लाखभन्दा बढीको सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटेको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याएका विभिन्न किसिमका किराना समाग्रीहरू, लत्ताकपडाहरु र मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बरामद गरिएको सामानहरुको ४ लाख २१ हजार १२० मूल्यांकन गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।