मधेश प्रदेश : क्याम्पस संचालनका लागि आयोजित महायज्ञबाट साढे चार करोड संकलन
टुडेपाटी–
बारा, फागुन ११ गते ।
क्याम्पस संचालनका लागि महागढीमाई नगरपालिकामा आयोजित सप्ताहव्यापी महायज्ञ र महोत्सवबाट करोडौँ रुपैयाँ संकलन भएको छ ।
महागढीमाई २ गढीमाई मन्दिरको प्राङ्गणमा रहेको गढीमाई क्याम्पस सञ्चालनका लागि आयोजित महायज्ञ र महोत्सवबाट ४ करोड ५१ लाख नगद संकलन भएको हो ।
तुला र नगद दानबाट यति रकम संकलन भएको हो ।
क्याम्पसको भवन निर्माणार्थ २५ कट्ठा ११ धुर जग्गा चन्दास्वरूप प्राप्त भएको छ ।
वि.सं. २०६६ सालमा स्थापना भएको सो क्याम्पस आर्थिक स्रोतको अभाव र व्यवस्थापनको कमीले ओझेलमा परेको थियो ।
Sponsored
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीजय स्वर्णकारले समयानुकूल बहुमुखी क्याम्पस बनाई उच्च शिक्षा दिने उद्देश्यले महायज्ञको आयोजना गरिएको बताए ।
महागढीमाई नगरपालिका र क्याम्पसले झन्डै ५० लाख खर्चेर महायज्ञको आयोजना गरेको थियो ।