TodayPati

फागुन ११ देखि चौथो जनकपुर साहित्य महोत्सव हुने, मैथिली ठाकुर जनकपुरधाम आउँदै

टुडेपाटी–
जनकपुरधाम, फागुन ७ गते ।

फागुन ११ गतेदेखि जनकपुरधाममा आयोजना हुन लागेको तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव–२०२३’ मा मैथिली गायिका मैथिली ठाकुर आउन लागेकी छिन् ।

नव मिथिला फाउण्डेसनको आयोजनामा हुन लागेको महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ओपन–एयर प्यानल छलफल हुने आयोजक फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।

Sponsored

महोत्सवमा विधार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखकलगायतको सहभागिता रहने उनले बताए ।

साहित्य महोत्सवको उद्घाटन सत्र फागुन ११ गते दिउँसो २ः३० बजेदेखि जानकीमन्दिर परिसरमा हुनेछ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालका प्रथम राष्ट्रपति रामबरण यादव र विशेष अतिथी मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव रहने उनले बताए ।

महोत्सवको अन्तिम दिन फागुन १३ गते गायिका मैथिलि ठाकुरले साङ्गितिक प्रस्तुती दिने आयोजकले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *