मधेश प्रदेश : जन्ती र गाउँलेबीच झडप, ३ जना घाइते
टुडेपाटी–
पर्सा, फागुन ६ गते ।
पर्सामा जन्ती र गाउँले पक्षबीच झडप भएको छ ।
शुक्रबार राति वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा जन्ती र गाउँले पक्षबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।
झडपमा परी वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ४० वर्षीय शम्भुप्रसाद कुर्मी, २० वर्षीय अर्जुनप्रसाद पटेल, ३६ वर्षीय रामबहादुर पटेल घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा सामान्य उपचारपछि उनीहरुलाई थप उपचारका लागि बाराको प्रसौनीस्थित एलएस न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यता झडपमा संलग्न भएको आशंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।
Sponsored
सडक छेउमा मोटरसाइकल पार्किङ गरेको विषयमा विवाद भई झडप भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएका छन् ।
गाउँका मानिसहरुले सडक छेउमा मोटरसाइकल पार्किङ गरेकाले जन्ती आएको गाडी छिर्न नसकेपछि त्यही विषयमा विवाद भई दुई पक्षबीच झडप भएको हो ।