मधेश प्रदेश : ४० वर्षीया महिलाले पेट्रोल छर्केर गरिन आत्मदाह
टुडेपाटी–
जनकपुरधाम, फागुन ५ गते ।
सप्तरीमा ४० वर्षीया महिलाले पेट्रोल छर्केर आत्मदाह गरेकी छन् ।
शुक्रबार सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ४ तेलियारी टोल बस्ने ४० वर्षीया राजु देवी साहले घरमा कोही नभएको समयमा घर बाहिर घरमा टासिएको शौचालय भित्र पसी आफ्नो जिउँमा आगो लगाई शौचालय भित्रै जलि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
महिलाले के कारणले आत्मदाह गरेको अहिले नखुलेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored