मधेश प्रदेश : बोक्सी आरोपमा कुटपिट
टुडेपाटी–
सप्तरी, फागुन ५ गते ।
बोक्सी आरोपमा सप्तरीमा स्थानीयहरुले एक महिलामाथि कुटपिट गरेको छ ।
सप्तरीको बलान विहुल गाउँपालिका वडा ३ कि सोसिता दासलाई कथित बोक्सीको आरोपमा स्थानीयहरूले निर्घात कुटपिट गरेका छन् ।
गोबरको गुइँठा बनाउँदै गरेकी सोसितालाई बाख्रा हराएको निहुँमा बोक्सी भन्दै छिमेकी रामकुमार दासको श्रीमती जमुना दास, भोपिन्द्र दासको श्रीमती रामकुमारी दास, भोपिन्द्र दास को छोरी मङ्ली भन्ने सीता दासको समूहले थुपारिएको गोबरभित्र टाउको घुसार्दै कुटेको पीडितको ससुरा देव नारायण दासले बताए ।
बुधवार छिमेकीहरू मिलेर आफ्नी बुहारीलाई झुटो आरोप लगाई कुटपिट गरेको उनले बताए । उनका अनुसार प्रहरीमा निवेदन दिन खोज्दा वडाध्यक्ष राज किशोर यादवले प्रहरीमा निवेदन दिनुपर्दैन भनेर धम्क्याएका छन् ।
Sponsored