मधेश प्रदेश : लालबाबु नेतृत्वको सरकारले आयोजना गरेको विभिन्न कार्यक्रममा खर्चे ५ अर्बभन्दा बढी रकम
टुडेपाटी–
जनकपुरधाम, फागुन ५ गते ।
मधेश प्रदेश सरकारले चार आर्थिक वर्षमा आयोजना गरेको विभिन्न कार्यक्रममा ५ अर्बभन्दा बढी रकम खर्चेको छ ।
तत्कालिन मुख्यमन्त्री लालबाबु नेतृत्वको सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्ममा ५ अर्ब २९ करोड ५९ लाख २५ हजार ६०३ रुपैयाँ खर्चेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
मधेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा आयोजना गरेको कार्यक्रम वापत १ अर्ब ७ करोड ८९ लाख २५ हजार १५२ रुपैयाँ खर्चेको छ ।
यस्तै, आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब २ करोड ७३ लाख ८९ हजार ८९३ रुपैयाँ खर्चेको छ ।
आव २०७७/७८ मा १ अर्ब १४ करोड ६६ लाख ६६ हजार ४३४ रुपैयाँ खर्चेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
Sponsored
यस्तै गत आर्थिक वर्ष २०७८/७९ मा मधेश सरकारले आयोजना गरेको विभिन्न कार्यक्रममा २ अर्ब ४ करोड २९ लाख ४४ हजार १२५ रुपैयाँ खर्चेका छ ।