मधेश प्रदेश : लागूऔषधसहित एक जना पक्राउ
टुडेपाटी–
पर्सा, फागुन ५ गते ।
प्रहरीले प्रतिबन्धित लागूऔषध सहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका १० बस्ने २० वर्षीय सुजन ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिहीबार राती उनलाई वीरगञ्ज १६ स्थित बसपार्क भानु चोकबाट चेकजाँचको क्रममा प्रहरीले लागूऔसधसहित पक्राउ गरेको हो।
आफ्नो शरीरमा टेपले बेरी लुकाइछिपाइ ल्याएको प्रतिबन्धित लागु औषध डाइजेपाम १५ एम्पुल, नुरफिन १५ एम्पुल, फेनारगन १५ एम्पुल गरी जम्मा ४५ एम्पुल, निटराजेपाम लेखिएको २८ पत्तामा २८० ट्याब्लेट बरामद गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।
Sponsored