सन्दीपलाई खेलमा फर्काएको विरोधमा प्रदर्शन
टुडेपाटी-
काठमाडौं, माघ २१ गते
नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा प्रदर्शन गरिएको छ ।
शनिबार काठमाडौंको माइतीघरमा युवाहरुको एक समूहले क्यान र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले बलात्कार आरोपी र उनलाई साथ दिने दुवैलाई बहिष्कार गर्नुपर्ने आशयका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोग क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।
तर क्रिकेट संघले जमानतमा रिहा भएका उनलाई राष्ट्रिय टिममा फर्काएपछि विरोध भइरहेको छ ।
Sponsored