TodayPati

यातायात कार्यालय जनकपुरमा सेवाग्राहीसँग बार्गेनिङ गर्दै गर्दा एकजना बिचौलिया पक्राउ

टुडेपाटी–
जनकपुरधाम, माघ २० गते ।

यातायात व्यवस्था कार्यालय जनकपुरमा सेवाग्राहीसँग बार्गेनिङ्ग गर्दै गर्दा एकजना बिचौलिया पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका ४ बस्ने ३० वर्षीय आदित्य यादव रहेकाृे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

जनकपुरधाम उपमहानगरपालिका १४ स्थित रहेको यातायात कार्यालयमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरि रहेको गोप्य सूचनाको अधारमा शुक्रबार दिउँसो करिब १ बजे सेवाग्राहीहरूसँग वार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *