TodayPati

मधेश प्रदेश : नवनियुक्त मन्त्रिहरुले लिए पद तथा गोपनीयताको सपथ, माओवादी भएन सहभागी

टुडेपाटी–
जनकपुरधाम, माघ २० गते ।

मधेश प्रदेशका नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

शुक्रबार मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

Sponsored

नवनियुक्त ६ मन्त्रीले प्रदेश प्रमुख हरिशंकर मिश्र र तीन राज्यमन्त्रीले मुख्यमन्त्रीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सुरिता साहले सामाजिक विकास मन्त्री, महेश यादवले शिक्षा विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री, शत्रुध्नप्रसाद सिंह गृह तथा संचार, मो. जैयद आलम महिला बालबालिका युवा तथा खेलकुद , सिंगासन सा कलवार खानेपानी तथा उर्जा र राजकुमार लेखीले कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री पदको शपथ ग्रहण गरेका हुन ।

यस्तै, सामाजिक विकास राज्यमन्त्रीमा शेष अबुल कलाम आजाद, गृह तथा संचार राज्यमन्त्रीमा केशव राय र भूमी, वयवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा संजयकुमार यादवले शपथ ग्रहण गरेका हुन ।

Sponsored

माओवादी केन्द्रभने सरकारमा सहभागी भएको छैन् ।

यसअघि नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जसपाका संजय यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *