मधेश प्रदेश : स्रोत नखुलेको २० लाख रकमसहित एकजना पक्राउ
टुडेपाटी–
पर्सा, माघ २० गते ।
पर्सा प्रहरीले स्रोत नखुलेको २० लाख रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका ४ बस्ने २७ वर्षीय श्याम किशोरप्रसाद साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी चौकी इनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका १६ रजतजयन्तीचोकस्थित सडक खण्डमा चेकजाँच गर्नेक्रममा साहलाई रकमसहित पक्राउ गरेको हो।
प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकलमा सवार साहलाई चेकजाँच गर्नेक्रममा उनको साथबाट २० लाख रकम र दुई थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
Sponsored