मालपोत कार्यालय जलेश्वरबाट पाँच बिचौलिया पक्राउ
टुडेपाटी-
जनकपुरधाम, माघ १८ गते ।
भुमिसुधार तथा मालपोत कार्यालय जलेश्वरबाट पाँच बिचौलिया पक्राउ परेका छन् । पक्रउ पर्नेहरुमा महोत्तरीको मटिहानी नगरपालिका ९ का ५२ वर्षीय अजिमउदिन अंसारी, सोनमा गाउँपालिका २ का ३५ वर्षीय रोशन कुमार यादव, जलेश्वर नगरपालिका १ का ३० वर्षीय बिक्रम चौधरी, औरही नगरपालिका ४ का ५४ वर्षीय सुरेश गोप र बलवा नगरपालिका १० का ३८ वर्षीय अमित कुमार मल्लिक रहेका छन् ।
छिटो काम गराइदिने भन्दै सेवाग्राहीलाई प्रलोभन देखाइ रकमको बार्गेनिङ गरिरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तोष पोखरेलले बताए ।
उनीहरुमाथि सार्वजनिक शान्ति बिरूद्धको कसूर मुद्दामा सातदिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।