TodayPati

मधेश प्रदेश : ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु

टुडेपाटी–
वीरगञ्ज, माघ १४ गते ।

पर्सामा ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

जिल्लाको जगरनाथपुर गाँउपालिका–५ चिलझप्टीका २५ वर्षीय विजय मुखिया विनको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

Sponsored

शुक्रबार साँझ हुलाकी सडकखण्ड अन्तर्गत जिराभवानी–१ स्थित पवित्रा आयल अगाडि ना ३ त २२८७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।

सुवर्णपुरबाट जिराभवानी जाँदै गरेको ट्याक्टरबाट अचानक खसेका विजयलाई बीच भागको ठूलो चक्काले किचेको थियो ।

बेहोस अवस्थामा उद्दार गरी उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पुर्‍याइएकोमा चिकित्सकले राति साढे ८ बजे मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

Sponsored

प्रहरीले ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *