मधेश प्रदेश : कुलोमा डुबेर युवकको मृत्यु
टुडेपाटी-
सर्लाही, माघ १२ गते ।
सर्लाहीमा कुलोमा डुबेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको हरिपुर्वा नगरपालिका–९ का १८ वर्षीय ललन राययादवको घरबाट ५ सय मिटर दक्षिणमा रहेको बोरिङबाट निकालिएको पानीको कुलोमा डुबेर मृत्यु भएको हो ।
घटनाको अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।