धनुषामा अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय पाएर फरार रहेका दुईजना पक्राउ
टुडेपाटी–
जनकपुरधाम, माघ १२ गते ।
अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएर फरार रहेका दुई जना प्रतिवादीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ८ बस्ने ३६ वर्षीय शिवकुमार महरा र ४५ वर्षीय नागेश्वरी यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
महरालाई शहीद नगर नगरपालिका वडा नम्बर २ चोराकोयलपुरबाट र यादवलाई कमला नगरपालिका ८ टेढामोडबाट पक्राउ गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
दुबैलाई धनुषा जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा रु ५० हजार जरिवाना र ९ वर्ष कैदको सजाय सुनाएको थियो ।
Sponsored