TodayPati

राष्ट्रिय वाणिज्य बैंकद्वारा विपन्न वर्गका ४५ विद्यार्थीलाई शैक्षिक सामग्री

टुडेपाटी-
जनकपुरधाम, माघ १० गते ।

राष्ट्रिय वाणिज्य बैंकले ५८ वार्षिकोत्सवको अवसरमा शाखा कार्यालय धनुषा महेन्द्रनगरले एक सामुदायिक विद्यालयका ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका ६ स्थित नयाँ नेपाल दलित राष्ट्रिय प्राथमिक विधालयमा अध्ययनरत्त ४५ जना विधार्थीलाई मंगलबार शैक्षिक सामग्री वितरण गरेको हो ।


विधालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रकाश यादव तथा प्रधानाध्यापक सुशिलकुमार ठाकुरको उपस्थितिमा शाखा प्रबन्धक सुरेश मण्डल र सहायक शाखा प्रबन्धक अच्युतम न्यौपाने विधार्थीहरुलाई उक्त सामग्री वितरण गरेका हुन् ।

Sponsored

गरिब तथा विपन्न वर्गका विधार्थीहरु उक्त विधालयमा अध्ययनरत रहेको सूचनाको आधारमा ५८ औं वार्षिकोत्सव मनाउन प्राप्त बजेटबाट उक्त साम्रगी वितरण गरेको शाखा प्रबन्धक मण्डलले बताए । सो अवसरमा विद्यालयका शिक्षक तथा सम्बन्धित बैंकका कर्मचारीको उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *