वैदेशिक रोजगारीका लागि ३ महिनामै धनुषाबाट बाहिरिए ११ हजारभन्दा बढी, ५४ जना महिला
टुडेपाटी–
जनकपुरधाम, माघ १० गते ।
वैदेशिक रोजगारीका लागि धनुषाबाट जानेको संख्यामा पुनः वृद्धि हुन थालेको छ ।
चालु आर्थिक वर्षको ३ महिना (साउन देखि असोज)सम्ममा ११ हजार ११९ जना वैदेशिक रोजगारीमा गएका छन् । जानेमध्ये ५४ जना महिला रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनाएको छ ।
सामी कार्यक्रम धनुषाका कार्यक्रम संयोजक सौरभ कर्णका अनुसार आप्रवासी श्रोत केन्द्रबाट परामर्श लिएर ३ हजार १५४ र रिटर्नी स्वयंसेवकमार्फत १ हजार २६५ गरी कूल ४ हजार ४१९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।
यसअघि गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ६ लाख ३० हजार ९० जना वैदेशिक रोजगारीमा जाँदा धनुषाबाट सबैभन्दा बढि २२ हजार १७५ पुरुष र १९ हजार ११८ महिला गरी कूल ४१ हजार २९३ जना रहेका थिए ।
Sponsored