TodayPati

२४ घण्टामै नेपाल भित्रिए २ सय ८३ वटा मालबाहक गाडी

टुडेपाटी-

जनकपुरधाम, वैशाख १६ गते ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनमा पनि अतिआवश्यक वस्तु भारतबाट आयात हुने क्रम जारी रहेको छ । सोमबार मात्रै पर्साको विभिन्न नाका हुँदै २ सय ८३ वटा मालबाहक सवारीसाधन नेपाल भित्रिएको प्रदेश २ समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

Sponsored

उनका अनुसार पर्साको मूल भन्सार इनरवा नाकाबाट २१ वटा फलफूल तथा तरकारीबोकेको मालबाहक गाडी, ७० वटा सिमेन्ट बनाउने मेटेरियल बोकेका कन्टेनर नेपाल प्रवेश गरेको छ ।

त्यसैगरी, पर्साकै सुक्खा बन्दरगाहबाट १ सय ६६ कन्टेनर लोड भइ नेपाल प्रवेश गरेका छन् भने पर्साकै एकीकृत भन्सार जाँच चौकीबाट १ सय ६१ मालबाहक ट्रक, ५९ वटा ग्यास बुलेट, ४६ वटा टेलर, २० वटा कन्टेनर र ७ वटा तरकारी बोकेका पीकअप गरी जम्मा २ सय ८३ वटा मालबाहक गाडी नेपाल भित्रिएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार नेपालबाट ३३ वटा मालबाहक सवारीहरु भारत तर्फ गएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *