TodayPati

जसपाका नेताले महोत्तरीमा गरे सरकारविरुद्ध जुलुस प्रदर्शन

टुडेपाटी-

महोत्तरी, वैशाख १६ गते ।

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्ने विरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै महोत्तरीको सम्सी गाउँपालिकामा मंगलबार सांँझ राँके जुलुस प्रदर्शन गरिएको छ ।

Sponsored

डा. सुरेन्द्र यादवको घरसमेत रहेको सम्सी गाउँपालिकामा जसपाका नेता कार्यकर्ताले सरकार विरुद्ध राँके जुलुस प्रदर्शन गरेका हुन् ।

उनीहरुले पार्टी फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा सांसद डा. यादवलाई अपहरण गरि घरबाट काठमाडौं लग्ने पूर्व आइजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्ण श्रेष्ठविरुद्ध अविलम्ब जाहेरी दर्ता गरी कारबाही गर्न माग गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *