TodayPati

मधेश प्रदेश : प्रतिबन्धित भारतीय रुपैयाँसहित २१ वर्षीय युवक पक्राउ

टुडेपाटी–
पर्सा, माघ ५ गते ।

प्रतिबन्धित भारतीय नोट सहित वीरगञ्जबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १ छपकैया बस्ने २१ वर्षीय जटाशंकर साह सोनार रहेको प्रहरीले जनाएका छन् ।

Sponsored

उनको साथबाट प्रतिबन्धित भारतीय ५०० र २००० दरका नोट १ लाख रुपैयाँ फेला परेको दावी प्रहरीले गरेको छ ।

माघ ३ गते दिउँसो प्रहरी चौकी ईनर्वा पर्साको टोलीले वीरगञ्ज–१६ शंकराचार्य गेटस्थित सडकखण्डबाट उनलाई पक्राउ गरेको थियो ।

बरामद गरिएको भारु सहित उनलाई आवश्यक कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *