रामचन्द्रको जीवन यात्रा : कसरी बने शिक्षकदेखि सभामुखसम्म ?
टुडेपाटी-
जनकपुरधाम, माघ ४ गते ।
मधेश प्रदेशको सर्वोच्च निकाय हो प्रदेशसभा । जसको सभामुख बन्न सफल भएका छन् एमालेका प्रदेश सांसद रामचन्द्र मण्डल ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा मत विभाजन मार्फत भएको निर्वाचनमा रामचन्द्रको पक्षमा ७४ मत परेको छ भने विपक्षमा २९ मत परेको छ । सदनमा एकसय ३ सांसद उपस्थित थिए । मण्डल निर्वाचित भएको सभाका अध्यक्षता गरेका जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले घोषणा गरेका हुुन् । मण्डल धनुषा क्षेत्र नं. १ (ख)बाट दोश्रोपटक निर्वाचित सांसद हुन् ।
रामचन्द्रलाई सत्ता गठबन्धन घटक दल नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी र चार स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका छन् । विपक्षमा काँग्रेर र एकीकृत समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।
प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९÷९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन् । यस्तै स्वतन्त्र पाँच सांसद छन् ।
बाल्यकालदेखि क्रान्तिकारी स्वभावका मण्डल शिक्षक हुँदै सभामुख जस्तो गरिमामय पदसम्म छलांग मार्न सफल भएका हुन् । रामचन्द्रको जन्म धनुषाको मिथिला विहारी नगरपालिका ३ मिथिलेश्वर मौवाहीमा २०३० असार १७ गते भएको हो । उनी बुबा स्वर्गीय प्रमेश्वर मण्डल र आमा सितली देवी मण्डलको एकल सन्तान हुन् । गरिब घरपरिवारमा जन्मेका रामचन्द्र प्राथमिक शिक्षा मिथिलेश्वर मौवाही प्रा.वि.मा अध्ययन गरेका थिए भने कक्षा ७ सम्म मा.वि. पर्शुराम तलाउमा । कक्षा ८ देखि एसएसली उनी फकिरचन्द्र मा.वि.बरकुर्वाबाट गरेका थिए ।
जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसबाट कक्षा ११ र १२ गणित र अंग्रेजी विषय लिएर आइए गरेका छन् । अंगे्रजी विषय लिएर स्नातक गरेका रामचन्द्र मैथिली विषय लिएर स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका हुन् ।
समाज रुपान्तरण गर्न राजनीतिप्रति बाल्यकालदेखि नै उनी रुची राख्थे । त्यसैले १६ वर्षको उमेरमा उनी २०४६ सालमा सिपी मैनाली नेतृत्वको मालेमा लागेर तत्कालिन मिथिलेश्वर मौवाही गाविसको गाउँ कमिटी सचिव बने । रामचन्द्र २०४७ सालमा राराब क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको जिल्ला कमिटी सदस्य बनेका थिए भने ४९ सालमा पढाइको सिलसिलामा काठमाडौं गएपछि एमालेको धनुषा काठमाडौं सम्पर्क मञ्चका संस्थापका संस्थापक अध्यक्ष बने । २०५३ सालमा घर फर्के । त्यसप पश्चात उनी शिक्षण पेशामा लागे ।
पहिलो पटक हाल जनपुरधाम उपमहानगरपालिका २२ कुर्थामा अवस्थित मा.वि.कुर्थामा अंग्रेजी विषयको अध्यापन सुरु गरेका थिए । त्यसको केही वर्षपछि मा.वि. ठेरामा अध्यापन गराउन थाले । नेपाल राष्ट्रिय शिक्षक संघठनको जिल्ला कार्य समिति सदस्य बने । जनयुद्धमा होमिएका नेकपा माओवादीको शिक्षक संगठनको स्थापना पनि मण्डलसहितले नै मिले गरे । पाँचजना सदस्यसहितको अखिल नेपाल शिक्षक संगठनको गठन । क्रान्तिकारी एवं प्रगतिशील विचार बोका रामचन्द्र २०५९ मा तत्कालिन नेकपा माओवादीको जनयुद्धमा भूमिगत भए । त्यतिबेला जनयुद्धमा लाग्नुको मूलकारण चुनावाट नभएर बन्दुकबाट सत्ता कब्जा गरी किसान मजदुर, उत्पीडितको सत्ता ल्याउन सकिन्छ भन्ने उनलाई लागेको थियो ।
‘म कम्युनिष्ट विचार राजनीतिको मान्छे । चुनावी प्रतिस्पर्धाको मार्फत सर्वहारा श्रमजिवीको सम्भव छैन । यसमा पुजीपति वर्गको हालीमुहाली हुन्छ । र पुजिँवादको ध्वस्त हामीले गर्न सक्दैनौं । सो उद्देश्यको कारण एमालेको चुनावी प्रतिस्पर्धाप्रति बिमती जनाउँदै बन्दुकको नालबाट नै सत्ता प्राप्त गर्न सकिन्छ भनेर र किसान मजदुरको सत्ता ल्याउन सकिन्छ । सर्वहारा अधिनायकत्व कायम गर्न सकिन्छ भन्ने उद्देश्यले म माओवादीमा लागे ।’ मण्डल बिगत सुनाउँछन् ।
भूमिगत भएसंगै माओवादीको जिल्ला कमिटी सदस्य बने । अहोरात्र पार्टीको लागि काममा सक्रिय हुँदा शिक्षण पेशाबाट बिराम लिए । २०६८ मा माओवादीको केन्द्रिय सदस्य बने भने २०७२ पोलिटब्युरो सदस्य बन्न सफल भए ।
रामचन्द्र लामोसमय अर्थात् २०६८ देखि २०७६ सम्म माओवादीको धनुषा जिल्ला नेतृत्व समेत सम्हालिसकेका छन् । २०६२।०६३ पनि उनी जिल्ला सेक्रेटरी भएका थिए । तर विवादको कारण पदबाट हटेका थिए ।
मा.वि.तहको अंग्रेजी शिक्षको प्रशिक्षक समेत भइसकेका रामचन्द्र २०६४ मा ग्रामिण आवाश कम्पनीका प्रन्धक र २०६५ सालमा जनकपुर वृहत्तर क्षेत्र विकास परिषदको अध्यक्ष बनेका थिए । तर चुनावसंग डराएनन् । २०७४ को निर्वाचनमा धनुषा क्षेत्र नं. १ (ख) मा नेकपा माओवादी केन्द्रबाट चुनाव लडे । त्यसपटक उनले सहजै जित निकाल्न सफल भए ।
Sponsored
नेकपा माओवादी केन्द्रमा उनी प्रदेशसभामा प्रमुख सचेतक बने । एमाले र माओवादी मिलेर नेकपा भएपछि पनि उनी केन्द्रिय सदस्य थिए । प्रतिनिधिसभा विघटन काण्डमा उनी एमालेमा लोगे । माओवादीको कारबाहीमा सांसद पद गुमाए । उनी माओवादीमा प्रमुख सचेतक र मधेशसभाको प्राकृतिक श्रोत साधन तथा वातावरण समितिका सभापति थिए । एमालेले उनलाई त्यति बेलै केन्द्रिय सदस्य र धनुषा जिल्ला इन्चार्जको जिम्मेबारी दियो । अहिले पनि उनी दुबै जिम्मेबारीमा यथावत छन् ।
रामचन्द्र सुनाउँछन् ‘माओवादी शान्तिकालमा आइसकेपछि चुनावी प्रतिस्पर्धा लिनुको कारण फेरि म पुरानै एमालेमा फर्के । बिचार राजनीतिको कारण फेरि एमालेमै रहें ।’
पद गुम्दा झण्डै दुईवर्ष कार्यकाल बाँकी उनको त्यसै गयो । अनुभवी र त्यागको आधारमा आफूलाई दलको नेता बनाउँछन् भन्नेमा ढुक्क थिए । तर भएनन् । अब उनले सभामुख नै पाइसकेका छन् । उनलाई आफ्नो त्यागले नै यो पद पाएको लागेको छ । उनले आफ्नो कार्यकाल एतिहासिक र उपलब्धिमूलक बनाउने बताएका छन् ।