बचतकर्ताको लाखौं ठगी गरेको अभियोगमा सहकारी संघ धनुषाका अध्यक्ष पक्राउ
टुडेपाटी–
जनकपुरधाम, माघ ३ गते ।
जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुब यादव ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
बचतकर्ताबाट संकलित लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
न्यु शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनुषाको संचालक समितिका अध्यक्ष यादवलाई संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए ।