TodayPati

मधेश प्रदेश : रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

टुडेपाटी-
सर्लाही, पुस ३० गते ।

सर्लाहीमा बिग्रिएर रोकिराखेको उखु बोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

गएराती १२ः४५ बजेतिर बागमती नगरपालिका–२, धरहरामा रोकिराखेको ना ५ ख ७५६४ नम्वरको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गोडैता नगरपालिका–४ का ३२ वर्षीय विश्वजित हजराको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

Sponsored

हजराले चलाएको बागमती प्रदेश ०३–००४ प १५९२ नम्वरको मोटरसाइकल ट्रकमा गएर ठोक्किँदा घटनास्थलमै उनको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

इन्दुशङ्कर चिनी उद्योग हरिवनतर्फ उखु लिएर आउँदै गरेको ट्रकको टायर पम्चर भएपछि रोकेर राखिएको थियो ।

Sponsored

दुर्घटनामा संलग्न ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *