TodayPati

जनकपुरधाम उपमहानगरले राहतमा बाँडे कुहिएको चामल

टुडेपाटी-
जनकपुरधाम, वैशाख १६ गते ।

जनकपुरधाम उपमहानगरपालिकाले लकडाउनको एक महिना पश्चत गरिब तथा विपन्नलाई राहतमा बाँडेको चामल कुहिएको फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका १६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल ढुसी परेको तथा कुहिएको भेटिएको हो ।
चामल सँडेको कारण अमिलो गन्ध आएको राहत पाउने स्थानीय रामा ठाकुरले बताए ।
राहतमा कुहिएको चामल दिएपछि स्थानीहरु आक्रोशित भएका छन् ।

‘लकडाउनको एक महिना पश्चात राहत दियो । खुशी भएर राहतको पोका लिएर घर गएँ । बोरा खोल्दा त ढुसी परेको चामल । मन खिन्न भयो ।’ स्थानीय बानबिर पण्डित आक्रोशित हुँदे भने ‘राहत दिने मन थिएन् भने नदिँदा नि हुन्थ्यो । तर यो सडेको चामल दिएर जनकपुरधाम उपमहानगरपालिकाले हाम्रो गरिबीसँग मजाक उडाएको छ ।’

Sponsored

राहतमा पाएको चामल कुहिएको पाइएपछि स्थानीयले वडा कार्यालयमा फिर्ता गरिदिएका छन् ।

गत चैत २२ गते उपमहानगरले बोर्ड बैठकबाट राहत वितरण गर्ने भनेर २५ वटै वडामा नामावाली संकलन कार्य प्रारम्भ गरेको थियो ।

बोर्ड बैठकद्वारा प्रत्येक परिवारलाई ३० किलो चामल, ३ किलो दाल, लिटर खानेतेल र २ प्याकेट नूनलगायतका सामग्री दिने निर्णय गरेपनि मेयर लालकिशोर साहले बैठकको निर्णयलाई उल्टाउँदै पछि १५ किलो चामल, १ लिटर तेल, एक प्याकेट नून र साबुनका साथै दाल र तरकारी वापत प्रतिपरिवार ३ सय रुपैयाँ वितरण गर्ने निष्कर्ष लगाए ।

Sponsored

जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा १२ वटा वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको हो । वडा नम्बर २, ३, ४, ५, ६, ८, ११, १४, १६, १७, १८ र २१ मा राहत पठाइएको छ । वडा नम्बर २ मा ३ सय १५, वडा नम्बर ३ मा २ सय ७०, वडा नम्बर ४ मा १ हजार २९, वडा नम्बर ५ मा १ सय ४७, वडा नम्बर ६ मा ५ सय ८८, वडा नम्बर ८ मा ७ सय ५४, वडा नम्बर ११ मा ५ सय ८९, वडा नम्बर १४ मा ६ सय १५, वडा नम्बर १६ मा ५ सय ४१, वडा नम्बर १७ मा ९ सय ४१, वडा नम्बर १८ मा ६ सय १२, वडा नम्बर २१ मा १ हजार २ सय घरपरिवारका लागि राहत पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *