TodayPati

रौतहटमा २ जना कोरोना संक्रमित भेटेको क्षेत्र सिल

टुडेपाटी

रौतहट, वैशाख १६ गते ।

रौतहटमा दुईजना कोरोना संक्रमित भेटिएको क्षेत्र प्रशासनले सिल गरिएको छ ।

Sponsored

जिल्ला प्रशासन कार्यालय रौतहटले विज्ञप्ति निकालेर सङ्क्रमण देखिएको ठाउँमा सिल गरेको जानकारी गराएको छ । कोरोना भाइरसको सङ्क्रमण अरुमा पनि फैलने सक्ने भन्दै सिल गरेर निगरानी बढाएको जिल्ला प्रशासनले जनाएको छ ।

रौतहटको वृन्दावन नगरपालिकाको वार्ड नम्बर ९ को भुसहा र देवाही गोनाही नगरपालिकाको वडा नम्बर १ मा गरी दुई जनामा आज कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । उनीहरुलाई वीरगंजको  नारायणी अस्पतालमा उपचारका लागि लगिंदैछ ।

वृन्दावन ९ भुसहाका २४ वर्षीय युवक भारतबाट आएर चन्द्रपुरको क्वरेण्टीनमा १५ दिन बसेर गएको वैशाख ६ गते नै डिस्चार्ज भएका थिए । गएको चैत २६ मा उहाँको स्वाब लिइएको र जनकपुरले नेगेटिभ देखाएपछि घर फर्काइएको थियो ।

Sponsored

यस्तै, देवाही गोनाहीमा रहेको धरहरीको क्वारेन्टाइनमा बसेका ३५ वर्पीय युवक भने क्वरेण्टीनमा नै रहेका देवाही गोनाही नगरपालिकाका स्वास्थ्य संयोजक नागेन्द्रप्रसाद कुशवाहाले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *