TodayPati

‘बार्गेनिङ’ पत्रकारिताविरुद्ध विशेष निगरानी : काउन्सिल

रासस–
काठमाडौँ, पुस २२ गते ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा बार्गेनिङ र स्वार्थ पूरा नभए समाचार लेख्ने प्रवृत्ति बढेको गुनासो बढेकाले त्यसलाई रोक्न कडा कदम चालिने बताएका छन् ।

काउन्सिलमा नयाँ अनलाइनका लागि शुक्रबार आयोजित एक कार्यक्रममा नीहित स्वार्थ पूरा नभए समाचार बनाउने प्रवृत्तिले पत्रकारितालाई कमजोर पार्ने भएकाले यस्ता समस्या रोक्न सबैले समन्वय गर्न जरुरी भएको बताए ।

Sponsored

“कतिपय सञ्चारमाध्यमलाई काउन्सिलले विशेष निगरानीमा राखेको छ । पर्याप्त प्रमाण पु¥याएर त्यस्ता सञ्चारमाध्यमलाई आचारसंहिताको कारवाही हुनेछ”, अध्यक्ष बस्नेतले भने । अनलाइन र युट्युव च्यानलमा पत्रकारिताको रोगकैरुपमा यस्ता समस्या भित्रिएकाले काउन्सिलले अभियान चलाएर यसविरुद्ध कदम चालिरहेको उनको भनाइ थियो ।

प्रेस काउन्सिल नेपालले नयाँ सूचिकृत अनलाइनका लागि सञ्चालन गर्दै आएको अभिमुखीकरण कार्यक्रममा शुक्रबार १८औँ श्रृङ्खला सम्पन्न गरेको छ ।

कार्यक्रममा विषयगत विज्ञका रुपमा राजधानी दैनिकका सम्पादक सागर पण्डितले अनलाइन पत्रकारिताले चुनौती बढाएको भन्दै पत्रकारिताका निश्चित मूुल्य मान्यताको पालना गरेमा धेरै समस्याको समाधान हुने बताए ।

Sponsored

पण्डितले पत्रकारलाई जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिलजस्ता नियामक निकाय सक्रिय बन्नुपर्ने सुझाव राखे ।

‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’मा विषय विज्ञका रूपमा उनले काउन्सिलले जारी गरेको महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा व्यवस्था भएका प्रावधानबारे जानकारी दिए ।

काउन्सिलका अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) अन्तर्गत रहेका पत्रकारले गर्न नहुने १४ वटा बुँदाबारे प्रष्ट पारे ।

अनलाइन पत्रकारितामा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै उनले सत्यताको परीक्षण नगरिकन दिने समाचारजन्य सामग्रीले समाज र देशलाई नै आघात पुग्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *