TodayPati

लोसपा मधेश प्रदेश संसदीय दलको विधान पारित, अनुमोदनपछि नेता चयन गरिने

टुडेपाटी-
जनकपुरधाम, पुस २२ गते ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेश प्रदेशले संसदीय दलको विधान संशोधनसहित पारित भएको छ । दलको नेता चयनका लागि शुक्रबार जनकपुरमा बसेको संसदीय दलको बैठकले दलको विधान २०७४ संसोधनसहित पारित गरेको सांसद उपेन्द्र महतोले जानकारी दिए ।

उनका अनुसार पारित भएको विधान अनुमोदनको लागि केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय गरिएको हो । भोलि र पर्सी बस्ने केन्द्रीय कार्यसमितिको बैठकले विधान अनुमोदन गरेपछि पुनस् दलको बैठकबाट दलको नेता चयन गरिने सांसद महतोले बताए ।

Sponsored

संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने सहमति नभए निर्वाचन प्रक्रियामा जाने लोसपाको तयारी छ । लोसपाको प्रदेशसभामा ९ जना सांसद छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *