TodayPati

मधेश प्रदेश : चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु

टुडेपाटी–
सप्तरी, पुस २२ गते ।

चिसोले कठ्यांग्रिएर सप्तरीमा एकजनाको मृत्यु भएको छ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय राजु भनिने देवु सदाको मृत्यु भएको हो।

Sponsored

तिलाठी कोइलाडी ४ का वडाध्यक्ष मुनिलाल मुखियाका अनुसार राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो ।

खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएका हुन्। मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *