माघ ७ मा सभामुखको निर्वाचन गर्ने तयारी
टुडेपाटी–
काठमाडौं, पुस २२ गते ।
आगामी माघ ७ गते प्रतिनिधिसभाका सभामुखको निर्वाचन गर्ने तयारी भएको छ ।
प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
यसमा लगभग सहमति भएको उनले बताए ।