TodayPati

कर्मचारीको मृत्यु भएको शोकमा महोत्तरीको यस पालिकामा सार्वजनिक बिदा

टुडेपाटी-
जनकपुरधाम, पुस २२ गते ।

कर्मचारीको मृत्युु भएको शोकमा महोत्तरीको गौशाला नगरपालिकाले शुक्रबार नगरमा सार्वजनिक बिदा दिएको छ।

बिहीबार नगरपालिकाकामा कार्यरत्त सि.अहेव(अधिकृत छैठौँ) चन्द्रकला साहको मृत्यु भएपछि त्यसको शोकमा आज सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्रजङ्ग थापाले जानकारी दिए।

Sponsored

नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, आकस्मिक सेवा र बर्थिङ्ग सेवाहरु बाहेक अन्य स्वास्थ्य संस्थाहरुमा शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत थापाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

यस अघि सोमबार वडा नं. ५ को वडा कार्यालयमा कार्यरत्त कार्यालय सहयोगी लिल बहादुर बलम्पाकीको मृत्यु भएपछि मंगलबारसमेत नगरमा सार्वजनिक बिदा दिइएको थियो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *