TodayPati

यातायात र श्रम कार्यालयमा छापा, दुई दर्जन बिचौलिया पक्राउ

टुडेपाटी-
काठमाडौं, पुस २१ गते ।

प्रहरीले यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालय काठमाडौंमा छापा मारेको छ।

बिहीबार प्रहरीले गुर्जुधारास्थित यातायात कार्यालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयबाट बिचौलियाहरूलाई पक्राउ गरेको हो।

Sponsored

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले २५ जनाभन्दा बढी बिचौलियाहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको यकिन विवरण परिसरले सार्वजनिक गरिसकेको छैन।

सेवाग्राहीलाई बिचौलियाले दु:ख दिएको भन्ने सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *