TodayPati

धनुषा प्रशासनमा ‘पासपोर्ट’ सम्बन्धी काम तत्कालका लागि स्थगित

टुडेपाटी-
जनकपुरधाम, पुस १९ गते ।

धनुषामा राहदानी (पासपोर्ट) सम्बन्धी सम्पूर्ण काम स्थगित गरिएको छ । सर्भरमा समस्या उत्पन्न भएकाले राहदानीसम्बन्धी सम्पूर्ण तत्कालका लागि रोकिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

सोमबार एक सूचना जारी गर्दै प्रशासनले सर्भरमा समस्या आएकाले राहदानी सम्बन्धी सम्पूर्ण सेवा स्थगित गरिएको जनाएको छ ।

Sponsored

विभागबाट सर्भर समस्या समाधानको प्रयास भइरहेकाले अर्को सूचना जारी नभएसम्म स्थगित रहने जानकारी सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय धनुषामा दैनिक ५० भन्दाबढी राहदानीसम्बन्धी काम हुने गरेको छ । सर्भरमा बेलबेला समस्या सृजना हुँदा सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *