TodayPati

बिदेह नगरपालिकाका मेयर दास र वडाध्यक्ष नदाफले सर्वसाधारणमाथि कुटपिट गरेको आरोप

टुडेपाटी

जनकपुरधाम, चैत १० गते ।

धनुषाको विदेह नगरपालिकाका नगरप्रमुख बेचन दासले सडक निर्माणको क्रममा सर्वसाधारणमाथि कुटपिटको आरोप लागेको छ ।

Sponsored

विदेह नगरपालिका ९ स्थित बैदेही टोलका जितेन्द्र कुमार पाण्डेले एकलौटी रुपमा जग्गा अतिक्रमण गरि घर भत्काइदिएर सडक विस्तार गरिरहेकोबेला रोक्न खोज्दा आफुमाथि मेयर दास र वडाध्यक्ष जुमराती नदाफले कुटपिट गरेको आरोप लगाएका हुन् ।

राजनैतिक प्रतिशोध साध्न मेयर दास र वडाध्यक्ष नदाफले रक्सी व्यवसायी झगरु चौधरीको जग्गा बचाएर करिब २० फिट जग्गा अतिक्रमण गरेको पाण्डेको दावी छ ।

सो जग्ग विवाद अदालतमा विचारधीन अवस्थामा रहेपनि अदालतको आदेश आउनुपुर्व नै आफ्नो जग्गा अतिक्रमण गरेको पाण्डेले बताए ।

Sponsored

मेयर र वडाध्यक्षले गरेको अन्याय असहनीय रहेको भन्दै उनले न्यायकालागि हारगुहार गरेका छन् ।

प्रहरी प्रशासनसँगै मुख बाँधेर बाहिरबाट आएका व्यक्तिहरुले समेत आफुमाथि हातपात गरेको र बचाउन खोज्दा नातामा पर्ने अर्का भाई सर्वनरायण पाण्डेमाथि समेत उनीहरु जाइलागेको उनको आरोप छ ।

तर पाण्डेमाथि आफु सहित कुनै व्यक्तिले कुटपिट नगरेको मेयर दासले दावी गरे । परिक्रमा सडक निर्माणमा अवरोध गर्दा प्रहरीले उनलाई एकछिन समातेर राखेको उनले जनाए ।

अदालतले रोक्का रोक्का पत्र नपठाएकाले विवादित भनिएको सो सडक विस्तार गरिएको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *