TodayPati

मधेश प्रदेश : बजारमा छापा मारेर ४ लाखको चामल बरामद

टुडेपाटी–
वीरगञ्ज, पुस ६ गते ।

सुरक्षा निकाय र भन्सारसहितको संयुक्त टोलीले पर्साको भिश्वा बजारमा छापा मारेर ४ लाख मुल्य बराबरको चामल बरामद गरेको छ ।

छिपहरमाई गाउँपालिका ५ भिश्वा बजारबाट भन्सार छलेर ल्याइएको ४ लाख मुल्य बराबरको ३ सय ११ बोरा चामल बरामद गरिएको हो ।

Sponsored

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरलाई सिमावर्ती भारतीय बजारबाट भन्सार छलेर चामल ल्याई भिश्वा बजारमा भण्डारण गरेर राखिएको सूचना आएको थियो ।

सोही सूचनाको आधारमा खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरगञ्ज भन्सारको टोलीले चामल बरामद गरेको हो ।

स्थानीय विस्मिल्लाह मियाँ भन्ने व्यक्तिको घरको गोदामबाट ‘स्टिम सोना’ लेखिएको २० किलो दरका ३ सय ११ बोरा चामल बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *