TodayPati

१० वर्षीया छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

टुडेपाटी–
काठमाडौँ, पुस ६ गते ।

आफ्नै १० वर्षीया छोरीको बलात्कारको आरोपमा कञ्चनपुरबाट एकजना पक्राउ परेका छन् ।

नाबालिका छोरी बलात्कारको आरोपमा जिल्लाको दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बाबु परेका हुन् ।

Sponsored

छोरी बलात्कारको घर परिवारबाटै मौखिक उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए।

बालिकाको स्वास्थ्य चेकजाँचका साथै ती पुरुषलाई राति नै पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *