TodayPati

महोत्तरीमा स्यालले टोक्दा ७ जना घाइते

टुडेपाटी-
जनकपुरधाम, पुस ६ गते ।

महोत्तरीमा स्यालको टोकाइबाट सातजना घाइते भएका छन् । मंगलबार साँझ महोत्तरीको पिपरा गाउँपालिका–७ बनौलीमा दुई महिलासहित सातजनालाई स्यालले टोकेको वडाध्यक्ष मधुवेन्द्र झाले जानकारी दिए ।

स्यालको टोकाइबाट स्थानीय विल्टु मण्डल, शिवशंकर साह, रुदल साह, दिनेश ठाकुरसहितका घाइते भएका छन् । दुईजनाको अवस्था भने गम्भीर रहेको उनले बताए ।

Sponsored

उनका अनुसार दुवैजनालाई जनकपुरधामस्थित जानकी हेल्थ केयरमा रिफर गरिएको हो । अन्य पाँचजना सामान्य घाइते भएको र उनीहरूको उपचार स्थानीय क्लिनिकमा भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *