TodayPati

मधेश प्रदेशमा जनमतको संसदीय दलको नेता चयन गर्ने जिम्मा डा.सिके राउतलाई

टुडेपाटी-
जनकपुरधाम, पुस ५ गते ।

जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा. सिके राउतलाई दिएको छ। पार्टीको जनकपुरधाममा मंगलबार बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा. राउतलाई दिने निर्णय गरेको हो ।

संसदीय दलको नेता बन्ने आकांक्षी धेरै भएकाले सहमति हुन नसकेपछि दलको नेता चयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय भएको सो पार्टीका नेता समेत रहेका प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए ।

Sponsored

जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, वसन्त कुशवाहा, सतिश सिंह, महेशकुमार यादवलगायत नेता आकांक्षी छन् । प्रदेशसभामा जनमत १३ सिटसहित चौथो ठूलो दल बनेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *