TodayPati

मधेश प्रदेश : मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा लगाए आगो

रासस–
सर्लाही, पुस ५ गते ।

सर्लाहीमा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाएको छ ।

जिल्लाको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको हो ।

Sponsored

हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विजय कुँवरका अनुसार इँट्टा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको हो ।

आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको हो ।

Sponsored

आगो स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “मधेश प्रदेश : मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा लगाए आगो

  • December 20, 2022 at 6:56 pm
    Permalink

    Sounds bad

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *